सोमबार १४ श्रावण, २०८१
श्रवण १४ काठमाडौं , रामेछापकाे सुनापति ४ बेथान एमालेमय बन्दै गएकाे छ, नेपाली काँग्रेस ,नेकपा माओवादी केन्द्रमा रहेर संक्रिय राजनीति गरेका युवाहरू पार्टी परित्याग गरि नेकपा ( एमाले )मा प्रवेश गर्नुका साथै हिजोको दिनमा स्वतन्त्र रहेर गाउँमै केही गर्नु पर्छ भन्ने बुद्धिजीवी ,शिक्षक वकिल कलाकारहरू पनि नेकपा (एमाले)मा प्रवेश गर्न थालेकाे छन् ।
नेकपा (एमाले) सुनापति ४ बेथान काठमाडौं सम्पर्क मञ्चले श्रवण १२ गते शनिबार भक्तपुर सूर्यविनायकमा आयाेजना गरिएकाे दाेस्राे सम्मेलनकाे उपस्थिति हेर्दा जाेकाेहिले पनि अनुमान लगाउन सक्छ बेथानमा अब साएद एमाले नभएको घर कमैहाेला भन्ने, हिजाेकाे दिनमा बेथानमा एमाले खाेज्दा पनि पाउन गाराे पर्ने तेहि गाउँमा यहि अवस्था रहिरहेमा भाेलि एमाले नभएकाे घर पाउन गाराे नपर्ला भन्न सकिन्न,नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा ( एमाले )मा प्रवेश गरेकाे नेपाली काँग्रेस गाउँ कमिटी सुनापाति -४ बेथानका उपसचिव नव प्रवेशि मिलन लामाको भनाई बाट पनि यहि कुरा प्रस्ट हुन्छ ।
श्रवण १२ शनिवारकै दिन मिलन लामा सगै नेकपा माओवादी पार्टी परित्याग गरि अनिल तामाङ ,धावा तामाङ ,स्वतन्त्र बुद्धिजीवीहरू लक्ष्मण लामा,सनलाल लामा (विवेक ),रामचन्द्र खत्री , बज्र तामाङ अजय तामाङ ,कल्पना लामा ,छत्र बहादुर तामाङ ,भुवनदास तामाङ ,सुनिल तामाङ ,कलाकार स्वस्थानी तामाङ ,आँँशा दाेङ लगायतका व्यक्तिहरू नेकपा (एमाले)मा पार्टी प्रवेश गरेका छन् ।