आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

साफ महिला च्याम्पियनसिपमा भारतलाई ४-२ ले हराउदै नेपाल फाईनलमा प्रवेश ।

आईतवार ११ कार्तिक, २०८१ Bichar Batika 1432


साफ महिला  च्याम्पियनसिपमा भारतलाई ४-२ ले हराउदै नेपाल फाईनलमा प्रवेश ।

कार्तिक ११ काठमाडौं,साफ महिला च्याम्पियनसिप-
मा भारतलाई पेनाल्टी सुट आउटमा ४-२ ले हराउदै नेपाल फाइनलमा प्रवेश गरेकाे छ ।


दशरथ रंगशालामा भएकाे सेमिफाइनल खेलमा नेपालले गरेकाे गाेललाई रेफ्रीले मान्यता नदिए पछि भएकाे विवादले खेल लम्बिदा निर्धारित समयमा दुबै टिमको बराबर गाेल भएपछि  पेनाल्टी सुटआउट भएकाे थियाे , पेनाल्टीमा नेपालका लागी सावित्रा भण्डारी  ,गिता राना ,सविता रानामगर र अमिशा कार्कीले गाेल गरेकाे थियाे भने भारतका लागि मनिषा ,पुरूषाेत्तम सिर्भाेइकरले गाेल गर्दा कप्तान असलताकाे प्रहार पाेष्टमा लागेर फर्किएको थियाे भने चानु साेराेखैैवामकाे प्रहार नेपालकाे गाेलकिपर अन्जना रानामगरले राेकीदिएकाे थियाे ।
 नेपालले अब साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्न बंगलादेश सग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ, 
सन् २०२२ मा पनि नेपाल र बंगलादेश बिच भएकाे फाइनल खेलमा नेपाललाई पछि पार्दै बंगलादेशले उपाधि जितेकाे थियाे ।
 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु