आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री छ्याङ बिच दुईपक्षीय भेटवार्तामा नेपाल र चिन बिच ९ बुदे समझदारी पत्रमा हस्ताक्षर ।

मंगलवार १८ मंसिर, २०८१ Bichar Batika 1475


प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री छ्याङ बिच दुईपक्षीय भेटवार्तामा नेपाल र चिन बिच ९ बुदे समझदारी पत्रमा हस्ताक्षर  ।

मंसिर १८ काठमाडौ ,प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच बुधबार भएको दुईपक्षीय भेटवार्तापछि नेपाल र चीनबीच ९ वटा विषयमा सहमति र समझदारी भएको छ, उक्त सहमति र समझदारी पत्रमा नेपाल र चिनयाँ अधिकारीले हस्ताक्षर गरेका छन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपाल र चीनबीच विभिन्न ९ वटा विषयका सहमति र समझदारीमा पत्रमा  हस्ताक्षर भएको जानकारी दिए।

विभिन्न ९ वटा सहमति र समझदारी भएका बुदाहरू यस् प्रकार छन् ,

१- टोखा- छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान

२- नेपाल चीनबीच व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

३- नौ तले बसन्तपुर दरबार पुनर्निमार्ण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

४- नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी प्रटोकल

५- विकास योजनासम्बन्धी समझदारी पत्र

६- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

७- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

८ - स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी प्रवर्द्धनसम्बन्धी समझदारी पत्र

९-  नेपाल टेलिभिजन र चिनियाँ मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारी पत्र ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु