आईतवार ७ भाद्र, २०८३ (Sunday August 23, 2026)

नेपाल - भारतबीच धार्मिक विकासमा कमला नदि स्नानकाे महत्त्वपूर्ण भूमिका ..!!

शनिबार १ मंसिर, २०८१ Bichar Batika 1962


नेपाल - भारतबीच धार्मिक विकासमा कमला नदि स्नानकाे महत्त्वपूर्ण भूमिका ..!!

 मंसिर १ जनकपुर, नेपाल र भारतबीच साँस्कृतिक ,धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाे छ, दुई देशका जनताबीचमा धार्मिक परम्परा र चाडपर्वहरूले पनि विशेष नजिककाे सम्बन्ध राख्दछ,धार्मिक चाडपर्वहरू मध्य कार्तिक पूणिर्मामा लाग्ने कमला नदि स्नान मेलाले नेपाल र भारतबीचकाे धार्मिक ,सामाजिक सम्बन्धलाई अझै प्रगाढ बाउन महत्त्वपूर्ण भूमिका रहेकाे छ।


  नेपाल भारत खुला सिमा संवाद संस्थाका केन्द्रीय अध्यक्ष राजीव झाले जानकारी गराए अनुसार कार्तिक पूर्णिर्मा हिन्दु धर्मकाे पवित्र पर्व हाे , एसमा विशेषगरी धार्मिक अनुष्ठान ,स्नान र पूजापाठ गर्ने गरिन्छ, यस दिनलाई " देवी दिवाली" पनि भनिन्छ ,याे दिन गंगा ,सरयू , यमुना र नेपालका नदिहरूमा स्नान गर्ने परम्परा रहेकाे छ ।


 अध्यक्ष झाकाे अनुसार जनकपुर क्षेत्रका श्रद्वालुहरूकाे लागि विशेषगरी कमला नदिमा स्नान  गरे पुण्य प्राप्त हुने मान्यता रहेकाे छ , यस अवसरमा कमला नदिकाे किनारमा ठूलाे मला नाग्ने भएकाेले मेला भर्न नेपाल - भारतका विभिन्न स्थानबाट आएका श्रद्वालुहरूले सामुहिक रूपमा स्नान गर्ने गर्दछ, टाढा - टाढादेखि श्रद्वालुहरू आउने भएकाेले नेपाल भारत खुला सिमा संवाद संस्थाले श्रद्वालुहरू लाई साधु  सम्मान तथा भंडार ( खाना) काे समेत व्यवस्था गर्दै आएकाे छ।

          समाचार स्वराेत :-  राम मण्डल ,

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु