मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

नेपाल मेडिकल कलेजमा चिकित्सकाे माग ।

सोमबार २९ बैशाख, २०८२ Bichar Batika 1241


नेपाल मेडिकल कलेजमा  चिकित्सकाे माग ।

बैशाख २९ काठमाडौं , अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो ।
कलेजले प्राध्यापक, सह–प्रध्यापक, सहायक प्राध्यापक र लेक्चर पदमा काम गर्न जनशक्ति माग गरेको जनाएको छ । कलेजले नवजात विज्ञान, इन्टर्नल मेडिसिन, छाला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फोरेन्सिक मेडिसिनमा जनशक्ति माग गरेको छ । यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, स्टोर असिस्टेन्ट, रेडियो असिस्टेन्ट माग गरेको छ ।
योग्यता पुगेका उम्मेदरवारले जेठ ३ गते भित्र आ–आफ्नो व्यक्तिगत बायोडाटा इमेल मार्फत पेश गर्नुपर्ने बताइएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति माग गरिएको हो ।
  थप जानकारीका लागि हेर्नुहोस्

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु