आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

निमार्ण व्यवसायीकाे चरम लापरबाही र बिकाश निर्माणमा ढिलासुस्ती गरेकाे हुदा स्थानीय द्वारा सडक संघर्षको तयारी ।

मंगलवार २९ श्रावण, २०८१ डिबि श्रेष्ठ 1588


निमार्ण व्यवसायीकाे चरम लापरबाही र बिकाश निर्माणमा ढिलासुस्ती गरेकाे हुदा स्थानीय द्वारा सडक  संघर्षको तयारी ।

ततश्रावण २९ रामेछाप , रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकाकाे सिकारी डाडाँ , गाेगनपानी ,गाल्वा सडक र सित्खा ,गाेगनपानी ,धुले भाेटनागी सडक कालाे पत्रे गर्नकाे लागि टेन्डर आव्हान पश्चात्  सम्झाैता गरेकाे १८ महिना भित्र काम सम्पन्न गरि सक्नु पर्ने सम्झाैता भए पनि  सम्झाैता गरेकाे तीन  वर्ष सम्म निमार्ण व्यवसायीले आधा काम समेत नगरेर चरम लापरबाही र सडक निर्माणमा ढिलासुस्ती गरेकाेले खाडाँदेवी गाउँपालिकाकाे स्थानीय बासिहरूले सडक संघर्षकाे तयारी गरेकाे छ।


निमार्ण व्यवसायीको चरम लापरबाही र बिकाश निर्माणमा ढिलासुस्ती हुदा समेत पूर्वाधार बिकाश निर्माण कार्यालय मन्थलीकाे गैर जिम्मेवारीपनकाे कारण खाडाँदेवी , सुनापती ,दाेरम्बा शैलुङ गाउँपालिकाकाे हजारौं स्थानीयहरूले कालाे पत्रे सडकमा यात्रा गर्ने केवल सपनामानै सिमित रहेकाे नेकपा ( एमाले) खाडाँदेवी गाउँपालिका कमिटी अध्यक्ष माेतिलाल तामाङले बताउनु भयाे ।


केही महिना अघिनै खाडाँदेवी गाउँपालिकाकाे जनप्रतिनिधि सहित राजनितीक पार्टीका नेतृत्वहरूले सडक पूर्वाधार बिकाश मन्थलीले बिकाश निर्माणकार्यमा व्यवास्ता गरेपछि कार्यालयमा तालाबन्दी गर्न समेत बाध्य भएकाे थियाे ,तेस पछि तत्काल बैठक बसी छिटाे भन्दा छिटाे काम सम्पन्न गर्ने उपाय खाेज्ने सहमति भए बमोजिम २०८१ जेठ १९ गते खाडाँदेवी गाउँपालिकाकाे कार्यालयमा ,पालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रशासकीय प्रमुख ,पूर्वाधार बिकाश निर्माण कार्यालय मन्थलीकाे प्रमुख , ईन्जिनियर , वडा अध्यक्ष,राजनितिक दलका नेतृत्वहरू , निमार्ण व्यवसायीकाे प्रतिनिधि समेतको बैडक बसी समयमै काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता समेत कार्यान्वयन नभएपछि सडक संघस गर्नु बाध्य भएकाे अध्यक्ष तामाङले बताउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु