शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

चिसापानी जनकल्याण समाज द्वारा आयाेजीत २२औं रक्तदान कार्यक्रम सम्पन्न ।

शनिबार ३ फाल्गुन, २०८१ डि.बि.श्रेष्ठ 1887


चिसापानी जनकल्याण समाज द्वारा आयाेजीत  २२औं रक्तदान कार्यक्रम सम्पन्न ।

फागुन ३ काठमाडौं , चिसापानी जनकल्याण समाज द्वारा आयाेजीत २२औं रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।


 कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्राविधिक सहयाेगमा नेपाल कमर्श क्याम्पस मीन भवनमा आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा ३३जना रक्तदाताहरूले रक्तदान गरेकाे छ ।

मन्थली नगरपालिका वडा नं. ८ चिसापानी बाट काठमाडौं आहि विभिन्न पेशा व्यवसाय गरी बसेका सामाजिक व्यक्तित्वहरू मिलेर २०५२ सालमा स्थापना भएकाे चिसापानी जनकल्याण समाजले विभिन्न सामाजिक काम सगै रक्तदान कार्यक्रम पनि वर्षमा दुई चाेटि गर्दै आइरहेकाे र अब जनकल्याण समाजले  छिटै युवा लक्षित कार्यक्रम समेत गर्न गहिरहेकाे संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु हुँदै ,स्थान उपलब्ध गरादिनु हुने नेपाल कमर्श क्याम्प ,प्रविधिक सहयाेग गर्नुहुने कान्तिपुर अस्पताल रक्त सञ्चार सेवा,  अमुल्य रगत दान गरि सहयाेग पुर्याउनुहुने सम्पूर्ण रक्तदाताहरू ,कार्यक्रममा  पानी उपलब्ध गराई सहयाेग गर्नुहुने बिष्णु बुुढानिलकण्ड वाटर इण्डष्ट्रीज लगाय कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा  अप्रत्यक्ष रूपमा सहगाेय पुर्याउनु हुने व्यक्तित्वहरू लाई धन्यवाद व्यक्त गर्नु भयाे ।

         रक्तदान कार्यक्रमकाे भिडियो ..

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु