शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

गाेठगाउँ - गाेठपानीका क्यान्सर पिडित श्रेष्ठलाई सराेकार समाज द्वारा थप सहयाेग ७७ हजार पाँच सय हस्तान्तरण ।

आईतवार २७ माघ, २०८१ डि बि श्रेष्ठ 1833


गाेठगाउँ - गाेठपानीका क्यान्सर पिडित श्रेष्ठलाई सराेकार समाज द्वारा थप सहयाेग ७७ हजार पाँच सय हस्तान्तरण ।

माघ २७ काठमाडौं , रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ - गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई गाेठगाउँ सराेकार समाजले थप आर्थिक सहयाेग रकम रू ७७ हजार पाँच सय पाँच  रूपैयाँ हस्तान्तरण गरेकाे छ ।


  गाेठगाउँ सराेकार समाजका आजीवन सदस्य युद्व बहादुर श्रेष्ठकाे  पहलमा दुबैमा संकलित सहयाेग रकम रू २८ हजार ५ सय , संस्थाका आजीवन सदस्यहरू रविन श्रेष्ठ र सुमन श्रेष्ठको पहलमा दुबैमा  संकलित सहयाेग रकम रू २३हजार ५ सय  , समाजसेवी कैलाश बस्नेतले कतार बाट पठाएको सहयाेग रकम र काठमाडौंमा विभिन्न सहयाेगी दाताहरूले पठाउनु भएकाे सहयाेग रकम संकलन गरि गाेठगाउँ सराेकार समाजकाे आजीवन तथा सल्लाहकार सदस्यहरू दिल बहादुर श्रेष्ठ ( दिलिप) खिल बहादुर श्रेष्ठ , नीर बहादुर श्रेष्ठ , उपाध्यक्ष देव कुमारी श्रेष्ठ , सचिव मीन बहादुर श्रेष्ठ , सहसचिव कुमार श्रेष्ठ  ,आजीवन सदस्यहरू क्षेत्र बहादुर श्रेष्ठ , युद्व बहादुर श्रेष्ठ लगायत सराेकार समाजको शुभचिन्तकहरूकाे उपस्थितिमा गाेठगाउँ सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापाले बिरामी पार्वती श्रेष्ठलाई थप आर्थिक सहयाेग रकम हस्तान्तरण गर्नु भएकाे थियाे ।


श्रेष्ठलाई गाेठगाउँ सराेकार समाजले गय हप्ता हस्तान्तरण गरेकाे १ लाख ५५हजार ४सय ४० सहित हाल सम्म २ लाख ३२ हजार ९ सय ४५ रूपैयाँ आर्थिक सहयाेग संकलन गरि हस्तान्तरण गरी सकेकाे र अझैपनि श्रेष्ठको लागि  सराेकार समाजलाई विश्वास गरेर कहि कतैबाट  आर्थिक सहयाेग रकम आएमा पुन हस्तान्तरण गर्ने समेत संस्थाका अध्यक्ष थापाले जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु