आईतवार ७ असार, २०८३ (Sunday June 21, 2026)

गाैरीशंकरमा एमालेप्रतिकाे आकर्षण बढ्दै , युवाहरू धमाधम पार्टी प्रवेश , गुरूङ द्वारा स्वागत ।

मंगलवार ११ मंसिर, २०८१ Bichar Batika 2327


गाैरीशंकरमा एमालेप्रतिकाे आकर्षण बढ्दै , युवाहरू धमाधम पार्टी प्रवेश , गुरूङ द्वारा स्वागत ।

मंसिर ११ दाेलखा , यहि मंसिर १६ गते उपाध्यक्ष पदकाे लागि हुन गहिरहेकाे स्थानीय तहको उपनिवार्चन नजिकिँदै गर्दा दाेलखा जिल्लाकाे गाैरीशंकर गाउँपालिकामा  राजनीतिक माओल निकै तातेकाे छ ।


  गाैरीशंकर गाउँपालिकामा पहिलाे शक्ति रहेकाे नेकपा ( एमाले) ले युवा उम्मेदवार उमा शेर्पालाई उपाध्यक्षकाे उम्मेदवार बनाएर घरदैलो अभियान थालेपछि अहिले गाैरीशंकर गाउँपालिकामा एमाले प्रतिकाे आकर्षण दिन प्रतिदिन बढ्दै गएकाे छ, अहिले गाैरीशंकरमा युवाहरू दैनिक जसाे विभिन्न पार्टी परित्याग गरि एमालेमा धमाधम प्रवेश गर्नेकाे संख्या दिन दिनै बढिरहेकोले यसपालि गाैरीशंकरमा एमालेकाे जित सुनिश्चित रहेकाे एमाले दाेलखा जिल्ला कमिटीको सचिवालय सदस्य तथा गाैरीशंकर पालिका इन्चार्ज जंगबहादुर गुरूङले बताउनु भयाे ।


  कुल पन्द्र हजार मतदाता रहेकाे गाैरीशंकर गाउँपालिकामा नाै वटा वडा रहेकाे छ, गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस ,माओवादी र समाजवादीकाे गठबन्धन  सग एमालेले झिनाे मतान्तरले हार बेहाेर्नु परेकाे थियाे , दाेलखा जिल्लाकै स्राेत र साधनले सम्पन्न उत्तरी भेग चिन सग जाेडिएकाे गाैरीशंकर पालिकामा  स्थानिय सरकारकाे नेतृत्व गरिरहेकाे माओवादीले स्थानीय स्राेत साधनमाथि दाेहन गरेकाे तथ्य खुलेपछि अहिले माओवादी पार्टी परित्याग गरि युवा देखि बृद्वबृद्वासम्म नेकपा ( एमाले ) मा प्रवेश गरि एमालेको उम्मेदवार उमा शर्पा जिताउन घरदैलाे अभियानमा एकजुट भएर लागि परेकाे र एमालेको नेतृत्वविना पालिकाकाे विकास संभव नभएकाे भन्दै एमाले प्रति युवाहरूकाे आकर्षण बढेकाे निर्वाचन परिचालन समिति संयाेजक तथा एमाले जिल्ला कमिटी सचिव स्वयम बहादुर खड्काले बताउनु भयाे 
 विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने युवाहरू लाई दाेलखाका लाेकप्रिय नेता नेकपा एमालेका पाेलिटव्युराे सदस्य तथा पूर्व सुचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरूङले स्वागत गर्नु भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु