शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा अन्तरक्रिया कार्यक्रम ।

शनिबार २४ फाल्गुन, २०८१ डि.बि. श्रेष्ठ 2124


११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा अन्तरक्रिया कार्यक्रम ।

फागुन २४ काठमाडौं , ११५ औं  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा महिला विभाग द्वारा आयाेजीत महिला भेला तथा वर्तमान समयमा महिलाहरूकाे नेतृत्व विकासमा चुनाैति र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

 रामेछाप - काठमाडौं सम्पर्क मञ्चको सचिवालय सदस्य तथा महिला विभाग प्रमुख बिद्या चाैहानकाे अध्यक्षता , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपसचिव सरस्वती के.सी.काे सञ्चालन , तथा नेकपा ( एमाले) का केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज सरस्वती बस्नेतकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे अन्तरक्रिया कार्यक्रममा ,

  प्रमुख अतिथि बस्नेत , विशेष अतिथि केन्द्रीय कमिटी सदस्य गिता कार्की , अतिथिहरू बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी , उपसचिव सरिता जिरेल, रामेछाप जिल्ला कमिटी उपसचिव मखमलि श्रेष्ठ , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको सल्लाहकार परिषद सदस्य ज्याेति शर्मा कडरिया, रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र), उपाध्यक्ष अम्बिका भण्डारी ( बाेहाेरा) लगायतले बर्तमान समयमा महिलाहरूकाे नेतृत्व विकासमा चुनाैति र समाधान बिषयमा आ- आफ्नाे धारणा राख्नु भएकाे थियाे ।

 महिला विभाग प्रमुख तथा कार्यक्रमका अध्यक्ष बिद्या चाैहानले प्रमुख अतिथि,विशेष अतिथि, अतिथिहरू लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै सबै महिला दिदिबहिनी हरू आफैमा आत्मा निर्भर बन्न सक्नुपर्ने र हरेेक कामकाे सुरूवात आफैबाट गर्नुपर्ने समेत धारणा राख्नु भयाे।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु