सोमबार २९ पुष, २०८१
पूष २९ काठमाडौं , मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेेलले संविधानकाे धारा ११४ काे उपधारा १ बमोजिम चार अध्यादेश जारी गर्नु भएकाे छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी ( भट्टराई ) का अनुसार सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश :- २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ( पहिलाे संशाेधन) अध्यादेश :- २०८१ , निजीकरण ( पहिलाे संशोधन ) अध्यादेश :- २०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धि केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश :- २०८१ जारी भएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।