मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

जनबहा द्य: ( सेताे मत्छेन्द्रनाथ) जात्राको डकुमेन्ट्री उपप्रमुख डंगोल द्वारा सार्वजनिक ।

आईतवार २३ चैत्र, २०८१ Bichar Batika 1784


जनबहा द्य: ( सेताे मत्छेन्द्रनाथ) जात्राको डकुमेन्ट्री उपप्रमुख डंगोल द्वारा सार्वजनिक  ।

चैत २४  काठमाडौं , जनबहा द्य: (सेताे मत्छेन्द्रनाथ) जात्राको डकुमेन्ट्री गुठी संस्थानका  प्रमुख शैलेे राज कुंवर ,जनबहा द्य: जात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा मुल पुजारी निल काजी शाक्य ,व्यवस्थापन समितिका संयाेजक सुजिब बज्राचार्य ,उप संयाेजक गणपति लाल श्रेष्ठ , उपसमिति संयाेजकहरू ,सदस्यहरूकाे उपस्थितिमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगाेलले सार्वजनिक गर्नु भयाे ।

आर्यावलाेकितेश्वर करूणामय ( जनबहा द्य: ) नेवा: समुदायको मात्रै नभइ नेपालकै महत्त्वपूर्ण साँस्कृतिक धराेहर हाे , यस्ता संस्कृति ,संस्कार जात्रा,पर्वहरू नै नेवा: सभ्यताको मुल आधारशीला हुन्, जसरी परापुर्वक कालदेखि यस्ता मूर्त - अमूर्त सम्पदाहरू पुर्खाहरूले हामीलाई नासाेकाे रूपमा सुम्पेर जानुभयो  त्यसरीनै हामीले पनि नयाँ  पुस्तामा पुस्तान्तरण गर्दै जानू पर्छ याे हाम्राे कर्तव्य पनि हाे ।

हाम्रा यस्ता संस्कार संस्कृतिकाे महत्त्व र आवश्यकता बुझ्नुपर्छ र सबैलाई पनि बुझाउनुपर्छ र तेसलाई व्यवहारमा पनि ल्याउनुपर्छ भन्ने उद्देश्यका साथ प्रचीन स्मारक संरक्षणअध्ययन समाजले जनबहा द्य: जात्राको डकुमेन्ट्री बनाएकाे प्राचीन स्मारक संरक्षण अध्ययन समाजका अध्यक्ष  सुदन मान मुनिकारले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

  सिद्वार्थ महर्जनको छायांकन ,सम्पादन तथा निर्देशन रहेकाे डकुमेन्ट्रीलाई ग्लाेबल ग्रिनग्रान्ट फण्डकाे सहकार्य रहेकाे समेत अध्यक्ष मुनिकारले जानकारी गराउनु भयाे।

              तस्बिर :- समर्थ रंजित,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु