आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

एमाले नेता गाैतम द्वारा राेशीले बगाएको अन्जुकाे परिवारलाई ५० हजार आर्थिक सहयाेग ।

मंगलवार १५ आश्विन, २०८१ डिबि श्रेष्ठ 2074


एमाले नेता गाैतम द्वारा राेशीले बगाएको अन्जुकाे परिवारलाई ५० हजार आर्थिक सहयाेग ।

असाेज १५ काठमाडौं , नेकपा ( एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्न प्रसाद गाैतमले असाेज १२ गते शनिबार राेशी खाेलामा आएकाे बाढीले बगाएर ज्यान गुमाएकाे अन्जु बस्नेत माझीको परिवारलाई नगद ५० हजार आर्थिक सहयाेग गर्नुभएको छ ।


  रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं. ३ भिरपानी निवासी अन्जु बस्नेत माझी लाई काठमाडौं आउने क्रममा राेशीले बगाएपछि उसलाई बचाउन खाेज्दा उनका श्रीमान विश्व माझीलाई सम्मेत १०० मिटर जति बगाएको थियाे ,विश्व माझी बाच्न सफल भएपनि उनकाे श्रीमती अन्जु बस्नेत माझीलाई बचाउन असफल भएकाे थियाे ,श्रीमतीलाई बचाउन खाेज्दा आफै घाईते भएको माझीलाई औषधि उपचार खर्च स्वरूप नेकपा ( एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश  प्रसाद ढुङ्गेल ,बागमती प्रदेश सल्लाहकार सदस्य टंक चाैलागाई,एमाले नेता दिपेन्द्र कार्की जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठ ,जिल्ला कमिटी सदस्य कास्मिर घिसिङ लगाएको उपस्थितिमा समाजसेवी तथ एमाले बागमती प्रदेश कमिटी सदस्य गाैतमले पिडित परिवारलाई नगद रू ५० हजार आर्थिक सहयाेग गर्नुभएको एमाले जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु