सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

आज नेवार समुदायले याेमरी पुन्हि पर्व मनाउँदै ।

आईतवार ३० मंसिर, २०८१ Bichar Batika 1829


आज नेवार समुदायले  याेमरी पुन्हि पर्व मनाउँदै ।

मंसिर ३० काठमाडौं , मंसिर शुक्ल पूर्णिमाकाे दिनमा नेवार समुदायले मनाउने याे चाडपर्वलाई याेमरी पूर्णिमा अथवा याेमरी पुन्हि भनिन्छ ।
  याेमरी नयाँ धानबाट बनेकाे चामलकाे पीठाे, चाकु ,खुवा र तिलबाट बनाउने भएकाेले यस चाडलाई खाद्या पदार्थको रसिलाे चार्डकाे रूपमा पनि लिइन्छ ,आज बिहानैदेखि नुहाइ धुवाई गरि घरमा लिपपाेत गरेर याेमरी पकाउने प्रचलन छ, याेमरी तयारी गरीसकेपछि धान राख्ने भकारी  वा काेठीमा पूजा आराधना गरि याेमरी चढाएर यमरी पूर्णिमा मनाउने गर्दछ,याेमरी पुन्हिलाई नेवार समुदायले नव अन्नप्राशनका रूपमा पनि मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनु हुन्छ ।


चेलीबेटीकाे गर्भ रहदा गर्भमै बच्चाकाे पूर्ण स्वास्थ्यकाे कामना गर्दै माइतीबाट छाेरीहरूलाई उनीहरूकाे घरमा खुवा , तिल , चाकुले  भरिएकाे याेमरी सगुनकाे रूपमा उपहारस्वरूप पठाउने समेेत नेवार समुदायको चलन रहेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु