शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन सांसद ढकाल अमेरिका प्रस्थान ।

आईतवार ६ माघ, २०८१ Bichar Batika 1540


अमेरिकी राष्ट्रपति  ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन सांसद  ढकाल अमेरिका प्रस्थान ।

माघ ६ काठमाडौ , प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल  सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्  । सांसद ढकाल यहि जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डी.सी.आयोजना  हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् । भ्रमणमा सांसद ढकाल संगै उहाँकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागि हुनुहुनेछ ।

पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका बरिष्ट उपाध्यक्ष बिनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा साथै केन्द्रिय सदस्यहरु निला श्रेष्ठ कामना भुसाल, अघिवत्ता बिष्णु गिरी लगाएतले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा बिदाई गरेका थिए । बिदाईका क्रममा बोल्दै सांसद ढकालले बिश्वकै शत्तिशालि राष्ट्रको राष्ट्र प्रमुखको सपथ ग्रहरणमा सहभागि हुन अवसरको रुपमा प्रयोग गदै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मदत पुग्ने बताए ।

सांसद ढकाल ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् साथै  नेपाल – अमेरिका संसदीय मैत्री समुहमा समेत आवद्ध छन् । बिश्वका दजनौ राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापीत भएका नेताको ढकाल रुपमा चिनिन्छन । सांसद ढकाल ट्रंक्रिस एरलाईन्स मार्फत अमेरिका प्रस्थान गरेका छन् । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु