मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

रामेछाप - काठमाडौं सम्पर्क मञ्चको ११औं क्षेत्रीय सम्मेलन सम्पन्न , सम्मेलन बाट दुुबै क्षेत्रकाे नेतृत्वमा श्रेष्ठ द्वय सर्व सहमत निर्वाचित ।

आईतवार २७ माघ, २०८१ डि बि श्रेष्ठ 1581


रामेछाप - काठमाडौं सम्पर्क मञ्चको ११औं  क्षेत्रीय सम्मेलन सम्पन्न , सम्मेलन बाट दुुबै क्षेत्रकाे नेतृत्वमा श्रेष्ठ द्वय सर्व सहमत निर्वाचित ।

माघ २७ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च  अन्तर्गत प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्चको ११औं  सम्मेलन दुबै क्षेत्रकाे संयुक्त रूपमा सम्पन्न भएकाे छ, सम्मेलन बाट क्षेत्र नं. क काे अध्यक्षमा कुमार श्रेष्ठ र ख काे अध्यक्षमा विशाल श्रेष्ठ सर्व सहमत निर्वाचित भएकाे छ ।


  माघ २६ गते शनिवार  भूपु सैनिक हल च्यासलमा उद्वव कुमार कार्कीको अध्यक्षता ,विशाल श्रेष्ठकाे सञ्चालन , नेकपा ( एमाले) केन्द्रीय सम्पर्क समन्वय कमिटीकाे संयाेजक श्याम कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा सम्पर्क समन्वय कमिटी सदस्य तथा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको इन्चार्ज माेहन के.सी लगायत समन्वय कमिटीको सदस्यहरू , बागमती प्रदेश कमिटी सदस्य तथा जनप्रतिनिधि गाेपाल श्रेष्ठ लगायत बागमती प्रदेश कमिटी सदस्यहरू, उपत्यका बिशेष कमिटी सदस्य प्रकाश श्रेष्ठ , बागमती प्रदेश सम्पर्क कमिटीको सचिवालय सदस्य राजेन्द्र श्रेष्ठ लगायत प्रदेश सम्पर्क कमिटीको सदस्यहरू , रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठ लगायत रामेछाप जिल्ला कमिटी सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत पदाधिकारी ,सचिवालय सदस्य तथा सदस्यहरूकाे सम्मेलनमा आतिथ्यता रहेकाे थियाे ।


 सम्मेलन बाट प्रदेश सभा क्षेत्र नं. क मा अध्यक्ष कुमार श्रेष्ठ  सगै उपाध्यक्षमा राेदिना शाक्य ,नानीराम खड्का , सचिवमा रवि दाहाल , उपसचिवमा गाेपिकृष्ण सुनुवार , एलिना लामिछाने ( कार्की ) ,काेषाध्यक्षमा रविन्द्र बुढाथोकी लगायत केही सदस्य पछि मनाेनित गर्ने गरि १५ सदस्य कमिटी सर्व सहमत निर्वाचित भएकाे थियाे , तेसै गरि प्रदेश सभा क्षेत्र नं. ख मा अध्यक्ष  विशाल श्रेष्ठ , सगै उपाध्यक्षमा  बहादुर लामा , सचिवमा जनक बुढाथोकी , उपसचिवमा सुविज्ञ न्याैपाने काेषाध्यक्षमा सुजन खड्का लगायत केही पदाधिकारी तथा सदस्यहरू पछि मनाेनित गर्ने गरि १५ सदस्यीय कमिटी सर्व सहमत निर्वाचित भएकाे थियाे ।


  नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्पर्क  समन्वय कमिटी सदस्य माेहन के.सी .ले प्रमाणपत्र वितरण , सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ले सफत ग्रहण गराउनुकाे साथै निर्वाचित अध्यक्ष ,उपाध्यक्ष र सचिवलाई अध्यक्ष मण्डलकाे अध्यक्ष  अम्बिका भण्डारी ( बाेहाेरा) र दिल बहादुर श्रेष्ठ ( दिलिप) ले माइनुट हस्तान्तरण गरेकाे थियाे ।

       तस्बिर ,खिल बहादुर श्रेष्ठ 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु