मंगलवार ३० असार, २०८३ (Tuesday July 14, 2026)

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ सुरू ।

बुधबार २४ बैशाख, २०८२ Bichar Batika 1928


नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ सुरू ।

बैशाख २४ काठमाडौं , नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएको थियो।

माझी किङ' यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन। उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, “नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं।” रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको छ । दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ । पर्यटकहरूको सुविधाका लागि अनुभवी प्रोहरु P.R.O. (Playful Ride Organizer), सुरक्षा उपकरण र मेडिकल किटको व्यवस्था समेत गरिएको जनाइएको छ ।

यसका साथै उद्घाटनको अवसरमा पहिलो महिनाभरि आउने पर्यटकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ । यो सेवाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यमन माझीको यो नयाँ प्रयासले नेपाली पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ । भविष्यमा देशका अन्य नदीहरूमा पनि यस्तो सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी गराएका छन् । उनले बूकिङ र विस्त्रित जानकारीको लागि 970-7862151 मा सम्पर्क गर्न सकिने जनाएको छ । साथै www.rivertubingnepal.com/ मा गएर पनि पुरा जानकारी लिन सक्नुहुनेछ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु