आईतवार २८ बैशाख, २०८२
बैशाख २८ काठमाडौं , रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदाै निवासी राजु भुजेलकाे छाेरा प्रशान्त भुजेल धेरै कम बच्चाहरू लाई लाग्ने जन्मजात राेग हिर्शस्प्रंग राेग ( Hirschsprung Disease) बाट ग्रसित भुजेलकाे उपचारमा केही आर्थिक सहयाेग पुगाेस भन्ने उद्देश्यले विचार वाटिका मिडिया प्रा.लि. द्वारा संकलित आर्थिक सहयाेग रकम रू ७०,२१०।-(सत्तरी हजार दुई सय दस) रूपैयाँ प्रशान्त भुजेलकाे बुबा राजु भुजेललाई हस्तान्तरण गरिएकाे छ ।

हिजाे शनिवार टाेखा नगरपालिका वडा नं. ३ धनेश्वर पुगी विचार वाटिका मिडिया प्रा.लि.का प्रबन्धक तथा सञ्चालक देव कुमारी श्रेष्ठ , विचार वाटिकाका सञ्चालकहरू खिल बहादुर श्रेष्ठ , संजय कुमार थापा, मीन बहादुर श्रेष्ठ , कुमार श्रेष्ठ , सहयाेग दाताहरू लाेक बहादुर श्रेष्ठ , रमेश खड्का , मिना भुजेल लगायतको उपस्थितिमा विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठले बिरामी भुजेलकाे बुबा राजु भुजेललाई हस्तान्तरण गर्दै , विचार वाटिकाकाे आर्थिक सहयाेग अभियानलाई कुवेत बाट सहयाेग संकलन गरि पठाउनु हुुने मकवानपुरका सहयाेगी दावा लामा , अन्ने देशमा कार्यरत सहयाेगीहरू रविन श्रेष्ठ , ओम श्रेष्ठ , गुन्ज श्रेष्ठ , सुस्मिता श्रेष्ठ , कैलाश बस्नेत , बलराम श्रेष्ठ ,स्वदेशमा बसेर आर्थिक सहयाेग संकलन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने कुमार श्रेष्ठ , लाेक बहादुर श्रेष्ठ लगायत सम्पूर्ण सहयाेगदाताहरू लाई अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गर्दै भुजेल परिवारलाई साच्चिकै आफ्नाे सन्तानको उपचार गर्न आर्थिक अभाव भएकाेले अन्य सहयाेगीदाता हरूले आफुले सकेकाे आर्थिक सहयाेग राजु भुजेलकाे खातामा सहयाेग गरिदिनु हुन समेत आग्रह गर्नु भयाे ।


विचार वाटिका द्वारा संकलित आर्थिक सहयाेग रकम बुझ्दै भुजेल परिवारले गहभरि आँसु झार्दै विचार वाटिका मिडिया प्रा.लि. परिवार लगायत देश बिदेशबाट आर्थिक सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगदाता हरूलाई धन्यवाद व्यक्त गर्दै आफ्नाे छाेराकाे उपचार गर्दा गर्दै भएकाे चलअचल सम्पत्ति सबै सकिसकेकाे र आफ्नाे छाेरालाई अरू बच्चालाई भन्दा फरक तथा तर गम्भीर राेग लागेकाेले सरकारी अस्पतालमा कुरेर उपचार गर्दा बच्चाको ज्याननै जाेखिममा पर्ने भएकाेले प्राईमेट हस्पिटलमा उपचार गराउदा धेरै खर्चलागेकाेले बाध्यताले सबै सहयाेगी दाताहरू सग आर्थिक सहयाेगकाे अपेक्षा गर्नुपरेकाे समेत भुजेलले जानकारी गराउनु भयाे ।


तस्बिर :- खिल बहादुर श्रेष्ठ ,