शनिबार ३ जेष्ठ, २०८२
जेष्ठ ३ काठमाडौं , प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३२ औं मदन आश्रित स्मृति दिवसको अवसरमा दिवंग मदन भण्डारी र जिवराज आश्रतिकाे शालिकमा माल्यार्पण गरि स्व. नेताहरू प्रति श्रद्धा सुमन अर्पण गर्नु भएकाे छ ।

आज मदननगर बल्खुमा आयोजित एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभइ सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिनुभयो ।

मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरु निरङ्कुश हुन्छन् भन्ने आरोपलाई खण्डन गरेको बताउनु हुदै ,यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र नभएर आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमासमेत राष्ट्रिय नीतिका रुपमा स्थापित भइसकेको प्रधानमन्त्री ओलीले बताउनु भयाे ।
मदन भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले 'विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्याएको समेत बताउनु भयाे ।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष हरू अष्टलक्ष्मी शाक्य , विष्णु प्रसाद पाैडेल ,महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ,विष्णु रिमाल आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी थियाे ।

कार्यक्रममा अध्यक्ष ओलीसहित नेता तथा कार्यकर्ताले दिवंगत मदन आश्रित प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे थियाे ।

