शनिबार २४ श्रावण, २०८२
साउन २४ काठमाडौं , हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर बिहानै उठि नुवाएर जनै र हातमा डाेरा बाध्नुकाे साथै घर घरमा क्वाँटी खाएर मनाउने प्रचलन छ ।

क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी रहेपनि पछिल्लो सयम सबै समुदायमा क्वाँटीकाे लोकप्रियता बढेको छ,मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायत एघार किसिमको गेडागुडीको मिश्रण नै क्वाँटी भनिन्छ ।
क्वाँटी विशेष गरि नेवारी परिकार हो। नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो, क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।
बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ ,मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायत गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।