शुक्रबार २६ मंसिर, २०८२ (Friday December 12, 2025)

नेपाल बन्द तथा अनिश्चितकालीन आमहडताल दुर्गा प्रसाईं समुहद्वारा फिर्ता ।

आईतवार ७ मंसिर, २०८२ Bichar Batika 1160


नेपाल बन्द तथा अनिश्चितकालीन आमहडताल  दुर्गा प्रसाईं समुहद्वारा  फिर्ता ।

मंसिर ७  काठमाडौं , आजबाट नेपाल बन्द तथा अनिश्चितकालीन आमहडतालकाे घाेषणा गरेकाे दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ समुह र सरकार बीचकाे वार्तापछि नेपाल बन्द तथा अनिश्चितकालीन आमहडताल कार्यक्रम  फिर्ता लिइएको छ।
नेपार सरकारकाे गृहमन्त्रीओमप्रकाश अर्याल सहित सरकारी टोली र  महाअभियानकाे सचिव प्रेमदीप लिम्बु नेतृत्वको समूहबीच भएको वार्तामा बन्द कार्यक्रम स्थगित गर्ने समझदारी बनेको थियाे।
वार्तामा महाभियानतर्फबाट अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ तथा सरकारतर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी भएकाे थियाे ।

बार्तामा महाअभियाले  उठायकाे २७ बुँदे मागहरू लाई  सम्बोधन गर्न सरकारले निरन्तर संवाद र सहजीकरण गर्ने सहमति भएको सरकारका प्रतिनिधिहरूले बताएका छन्, अर्को चरणको वार्ता महाअभियानको शीर्ष नेतृत्वसहित चाँडै बस्ने सहमति समेत गरि दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु