मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

भण्डारी र श्रेष्ठको निर्देशनमा नेपाली चलचित्र द प्राेफेस्नल गाइज निर्माण ,चाडै प्रदर्शनमा आउने तयारी ।

बुधबार १८ भाद्र, २०८२ Bichar Batika 1276


भण्डारी र श्रेष्ठको निर्देशनमा नेपाली चलचित्र द प्राेफेस्नल गाइज निर्माण ,चाडै प्रदर्शनमा आउने तयारी ।

भदौ १८ काठमाडौँ ,  मार्टिन भण्डारी र डार्विन श्रेष्ठकाे  लेखन / निर्देशक तथा ज. के. एस. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको नपाली चलचित्र द प्राेफेस्नल गाइज निर्माण सम्पन्नभै चाँडै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
 स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा चलचित्रका लेखक तथा निर्देशक डार्विन श्रेष्ठ र जे.के.एस इन्टरटेन्मेन्टका फाउन्डर अमन श्रेष्ठका बुबा झनकुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर चलचित्रको टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो । 
कार्यक्रममा चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा चलचित्र प्रेमी दर्शकहरूकोे उपस्थिति रहेको थियो ।
 अस्कर कलेजमै पहिले चलचित्रको कन्सेप्ट सुनाएको र त्यही कलेजमा चलचित्र निर्माणपछि टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको चलचित्रको लेखक तथा निर्देशक मार्टिन भण्डारीले बताए । 
सबैको मेहनतले चलचित्र निर्माण गर्न सफल भएको चलचित्रका सह–लेखक एवं सिर्जनात्मक निर्देशक अमन श्रेष्ठले बताए । 
चलचित्रको पोष्टर, टिजर, ट्रेलर तथा चलचित्रसँग सम्बन्धित समाग्रीहरु केहि समयपछि सार्वजनिक गरिँदै जाने निर्माण पक्षले जनाएको छ ,चलचित्रको एनिमेटेड शीर्षकलाई हेर्दा चलचित्रको विषयवस्तु थ्रिलर कमेडी भएको अनुमान गर्न सकिन्छ ।
भिडियो :  https://youtu.be/iyQ8InkYNiA?si=y7LrjBICjQhhL7-J




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु