सोमबार ७ बैशाख, २०८३ (Monday April 20, 2026)

जेन-जीहरू लाई एकताबद्ध बनाउन सरकारलेनै पहल गर्नु पर्छ :- जेेनजी युनाइटेड अभियान्ता ।

शुक्रबार ७ कार्तिक, २०८२ Bichar Batika 1574


जेन-जीहरू लाई एकताबद्ध बनाउन सरकारलेनै पहल गर्नु पर्छ :- जेेनजी युनाइटेड अभियान्ता ।

कार्तिक ७ काठमाडौं , जेनजी युनाइटेड - फर परिवर्तन संस्थाका अभियान्ताहरूले माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभालाई  सम्बोधन गर्दै देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् ।
अभियान्ताहरूले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्ने भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। 
अभियान्ताहरूले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा जेनजी सम्मेलन आयोजना गर्नुपर्ने बताउदै जेनजी आन्दोलनको घाइतेहरूकाे माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता रहेकाे समेत बताए। 
जेनजी एकताको माग गर्दै माइतीघरमा खबरदारी सभा गर्दै आएको सो संस्थाले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी रहने समेत जनाएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु