शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो  सार्वजनिक ।

मंगलवार १६ मंसिर, २०८२ Bichar Batika 1153


सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो  सार्वजनिक ।

मंसिर १६ काठमाडौं,  गायक सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो  सार्वजनिक भएको छ।
पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार पारिएको यो गीतमा भरपूर इनर्जी र मस्ती समेटिएको छ।
निर्देशन, छायांकन तथा सम्पादन सार्थक कुँवरले गीतको भिडियो पक्षलाई निकै उत्कृष्ट र ‘ग्ल्यामरस’ बनाइएको छ।
सार्थकले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको लुक्स दिने प्रयास गरेकाे म्युजिक भिडियोमा बबिता बस्नेत र दिया अधिकारीलाई मुख्य भूमिकामा फिचर गरिएको छ भने भिडियोमा मोडलहरूको प्रस्तुति निकै ‘बोल्ड’ र आकर्षक देखिन्छ।

गीतको ‘हाइ टेम्पो’, बिट र कलाकारहरूको ‘मुभ्स’ ले दर्शकलाई स्वतः नचाउने क्षमता राख्छ सागर र साइमनको गायकीको जुगलबन्दीले गीतलाई अझ सशक्त बनाएको छ भने भिडियोको ‘मुड’ ले यसलाई पूर्ण रूपमा ‘पार्टी एन्थम’ बनाएको छ।

सागर जंग कुँवरको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक  गरिएको गितकाे भिडियो  समसामयिक पप संगीत र डान्स संङ मन पराउने दर्शकहरूका लागि ‘मस्त जवानी’ एक उत्कृष्ट सांगीतिक कोसेली साबित हुन सक्छ।

भिडियो लिंक: https://youtu.be/yPc_l4eTX6A?si=IscWVAvIa_J5DkZ6




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु