आईतवार ६ पुष, २०८२
पुस ६ काठमाडौं ,प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तोकिएकै समयमा हुन्छ निर्वाचनको तयारी गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नु भएकाे छ ।
आज आइतबार सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार चुनाव गराउनैका लागि आएकाले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिदै कुनै दुविधा नराखी चुनावको तयारी गर्न आग्रह समेत गर्नु भयाे ।
नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए जवाफमा प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन गरि सकेकाे र यस विषयमा सरकार गम्भीर रहेको जवाफ दिनुभएको जानकारी स्राेतले जनाएको छ ।