शनिबार १४ फाल्गुन, २०७८
फागुन १४ काठमाडौं ,नेकपा एमाले रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चको तेस्रो विस्तारित बैठकले २०७९ साल बैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचन लाई मध्यनजर गर्दै नौवटै वडा सम्पर्क मञ्चको अध्यक्षको संयोजकमा कम्तिमा सात सदस्य रहनेगरी निर्वाचन परिचालन समिति गठन गरेको छ ।
रामेछाप नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा रामेछाप जिल्ला कमिटी सदस्य विन्दा घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालीत विस्तारित बैठकमा रामेछाप –काठमाडौं सम्पर्क मञ्चको सचिव राकेश श्रेष्ठ ,रामेछाप नगर कमिटी सदस्य दिलकुमार खड्का ,राजकुमार पौडेल,रामेछापका युवा नेता शिव कार्की ,धनलाल तामाङ ,जनक तामाङ ,दिपक नेपाली ,कृष्णबहादुर कार्की रामपुर वडा कमिटी अध्यक्ष अनिल श्रेष्ठ लगायत नगर सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्य र वडा सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
विस्तारित बैठकले निर्वाचन परिचालन समिति गठन सगै संगठित पार्टी सदस्य र सम्पर्क मञ्चको सदस्यता विस्तार ,नगर सम्पर्क मञ्चको विगतको कार्यक्रमको समिक्षा ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चको एघारौं अधिवेशनको लागि प्रतिनिधि छनौंट सहित आगामी कार्यक्रमको तयारीको लागि अध्यक्ष श्रेष्ठको संयोजकमा एघार सदस्य उपसमिति गठन गरिएको रामेछाप नगर सम्पर्क मञ्चको सहसचिव चुडाकुमार कार्कीले विचार वाटिकालाई जानकारी गराउनु भयो ।