बुधबार १३ श्रावण, २०८३ (Wednesday July 29, 2026)

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालयमै भएकाे दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने ।

मंगलवार १२ श्रावण, २०८३ Bichar Batika 1120


चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालयमै भएकाे  दुर्व्यवहारको विरोधमा आज  देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने ।

साउन १२ काठमाडौँ  , वीरगन्जस्थित नारायणी अस्पताल मा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज मंगलबार नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुदा  चिकित्सकको टाउकोमा गम्भीर चोट लागेको तथा अस्पतालमा तोडफोडसमेत गरिएको विराेधमा संघले सोमबार प्रेस विज्ञप्ति जारी गरि  साउन १२ गते देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिने जनाएको  छ।
संघले प्रेस विज्ञप्तिमा घटनामा संलग्न दोषीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै जिल्ला प्रहरी प्रमुखले बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरेकोले दुवै घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीमाथि कानुनी कारबाही, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति र स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु