सोमबार २९ भाद्र, २०८३ (Monday September 14, 2026)

सम्पर्क विशेष संगठन कमिटीका १३० भन्दा बढी नेता–कार्यकर्ताद्वारा नुवाकोटको देवीघाटमा सरसफाइ

आईतवार २८ भाद्र, २०८३ Bichar Batika 1276


सम्पर्क विशेष संगठन कमिटीका १३० भन्दा बढी नेता–कार्यकर्ताद्वारा नुवाकोटको देवीघाटमा सरसफाइ

भदौ २८ काठमाडौं , भदाै २७ गते शनिवार नेकपा ( एमाले) सम्पर्क विशेष संगठन कमिटी मातहतका विभिन्न तहमा आबद्ध १३० जनाभन्दा बढी नेता–कार्यकर्ता नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट पुगेर सरसफाइ अभियानमा सहभागी भएका छन्।

सम्पर्क विशेष संगठन कमिटीको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित अभियानमा सम्पर्क विषेश संगठन कमिटीका अध्यक्ष अशाेक कुमार ठकुरीलगायत पदाधिकारी तथा सदस्यहरू , एमालेका निवर्तमान स्थायी कमिटी सदस्य तथा सम्पर्क विशेष संगठन कमिटीका इन्चार्ज लालबाबु पण्डित लगायत केन्द्रीय सदस्यहरू , विभिन्न प्रदेश सम्पर्क कमिटी , जिल्ला सम्पर्क कमिटीका अध्यक्ष लगायत पदाधिकारी /सदस्यहरू ,  पालिका सम्पर्क मञ्चका पदाधिकारीहरू लगायत विभिन्न  कमिटीका  नेता–कार्यकर्ताले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान परिसरलगायत विभिन्न व्यक्तिका घर तथा आसपासका क्षेत्रमा सरसफाइ गरेका थिय ।

गत भदाै दस गते रसुवाको भाेटेकाेसी हुँदै त्रिशूलीमा आएकाे बाढीले पुरिएको देवीघाट बजार लाई विदाकाे एक दिन सकेकाे श्रमदान गराै भन्ने उद्देश्यका साथ सरसफाइ अभियानमा सहभागी भएका टोलीहरूले प्रतिष्ठान परिसरमा रहेका फोहोर तथा अनावश्यक सामग्री व्यवस्थापन गर्नुका साथै परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरेको थियो,स्थानीय व्यक्तिहरूका घर तथा सार्वजनिक क्षेत्रमा समेत सरसफाइ गर्दै वातावरण स्वच्छ राख्न सचेतना फैलाउने काम गरिएको जनाइएको छ।
 उनीहरूले सामाजिक सेवा, सरसफाइ तथा वातावरण संरक्षणमा राजनीतिक संगठनको पनि महत्वपूर्ण भूमिका रहने भन्दै यस्ता अभियानलाई निरन्तरता दिदै आहिरहेकाे छ ।

स्थानीयस्तरमा आवश्यक सहयोग गर्दै सामाजिक सेवाका गतिविधिमा सहभागी हुने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ। सरसफाइका क्रममा स्थानीयवासी तथा ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानसँग सम्बन्धित व्यक्तिहरूसँग समेत अन्तरक्रिया गरिएको थियो।

दिनभर देवीघाट क्षेत्रमा सरसफाइ तथा सामाजिक सेवामा खटिएको टोली बेलुका काठमाडौं फर्किएको थियो,सहभागीहरूले आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु