बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

सेयर भर्न बैंकमा लाग्यो भीड, राष्ट्र बैंकले भन्यो व्यवस्थापन गर्नु

सोमबार ८ भाद्र, २०७७ विचारबाटिका 1342

भदौं ८, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपनि काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढने क्रम रोकिएको छैन । 

आइतबार बैंकहरुमा निकै ठूलो भीड भएको र अरु दिन पनि भीड बढन थालेपछि नेपाल राष्ट्र बैंकले भीड कम गर्न भन्दै निर्देशन नै दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले बैंकले काठमाडौं उपत्यकाभित्र रहेका तीन जिल्लामा रहेका बैंकका धेरै शाखाहरुमध्ये जम्मा ४ वटा शाखाबाट मात्रै कारोबार गर्नुपर्दा भीड बढ्नु स्वभाविक रहेको भन्दै भीड कम गर्न थप शाखाहरु सञ्चालनमा ल्याउने तयारी भएको र यसले आइतबार देखिएको भीड कम हुने विश्वास व्यक्त गर्नुभयो । ढकालले सर्वसाधारणहरु प्रविधिमा अभ्यस्त नहुँदा समेत बैंकका शाखा कार्यालयहरुमा भीड बढेको बताउनु भयो ।

आइतबार बैंकमा भीड लाग्नुको अर्को कारण भनेको सेयर भर्नेहरुका कारणले समेत भएको हो । बैंकमा लाइन लाग्नेहरुमा अधिकांश साधारण सेयर भर्नेहरु थिए । लिबर्टी इनर्जी, रिलाइन्स लाइफ र समाज लघुवित्त गरी तीन कम्पनीको आईपीओ खुलेका कारण आइतबार भर्नका लागि सर्वसाधारण बैंकमा नै पुगेका थिए ।

लिबर्टीको आईपीओ भर्ने म्याद आइतबार सकिएको छ । यता अन्य दुई कम्पनीहरु रिलायन्स लाइफ र समाज लघुवित्तको आजसम्म आइपिओ भर्ने समय छ । सर्वसाधारणले मेरो सेयर सुविधा लिएर घरबाटै भर्न सकिने भएपनि प्रविधिसँग अभ्यस्त हुन नसक्दा बैंकमा भीड बढेको र यसले जोखिम हुनसक्ने समेत ढकालले बताउनु भयो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु