शुक्रबार ४ श्रावण, २०८१ (Friday July 19, 2024)

रामेछाप–काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्दै

शनिबार ६ माघ, २०८० विचारवाटिका 1242


रामेछाप–काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्दै


माघ काठमाडौ, नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले भोलिदेखि अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्ने भएको छ ।

काठमाडौं कोटेश्वरस्थित होटेल ए–वान भेन्युमा बिहीबार पत्रकार सम्मेलन गरी एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले प्रतियोगिता बारे जानकारी दिएको थियो । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकाका १६ वटा टिमले भाग लिने भएका छन् । एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठका अनुसार प्रत्येक पालिकाबाट दुई–दुईवटा टिमले भाग लिँदै छन् ।

 प्रथम हुने टिमले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् भने दोस्रोले २० हजार, तेस्रोले १० हजार र सान्त्वना हुनेले ५ हजार नगद सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र मेडल प्रदान गरिने सम्पर्क मञ्चको युवा तथा खेलकुद विभागका कार्यक्रम संयोजक विनोदकुमार श्रेष्ठले जानकारी दिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु