बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

डोटीमा खुकुलो पारियो निषेधाज्ञा

सोमबार २९ भाद्र, २०७७ विचारबाटिका 1171

भदौ, २९ डोटी । भदौ १४ गते राति १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय डोटील जारी गरेको निषेधाज्ञा हिजोराति १२ बजेदेखि खुकुलो पारेको छ ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि समुदायमा कोरोना फैलिने डर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । भदौ १४ गते एक साताका लागि लगाइएको निषेधाज्ञा एक साता पुनः थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा पारेको जानकारी दिएको छ ।

सोमबारदेखि जिल्लामा हुने स्वास्थ्य व्यापार व्यवसाय साबधानी अपनाएर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म  गर्ने, सवारी साधन चलाउँदा सिट क्षमता भन्दा ५० प्रतिशत कम यात्रु मात्र राख्ने र चालक सहचालकले मास्क प्रयोग गरेर मात्र जिल्लाभित्र सवारी साधन चलाउन पाइने जारी विज्ञप्तिमा जनाईएको छ ।

बैंक र वित्तीय संस्था, निजी तथा गैरसरकारी संस्था सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने बताइएको छ । त्यसैलगायत होटेल, रेष्टुरेन्ट तथा खाजा घर भिडजम्मा नहुने गरी चलाउनु पर्ने व्यवस्था गरिएको छ ।

अर्को व्यवस्था नभएसम्म धार्मिक कार्य, मनोरञ्जनात्मक कार्य, मेला महोत्सव, शैक्षिक संस्था, भाषा कक्षा, ट्युसन सेन्टर, प्रशिक्षण केन्द्र सञ्चालन गर्न नपाइने बिज्ञप्तीमा जनाईएको छ । यसैगरी सैलुन पसल, जिमखाना, समूहमा खेलिने खेल, ब्युटिपार्लर, पुस्तकालय सञ्चालन गर्न पाइने, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक अरु भिडभाड हुन नपाइने, सामूहिक भोजभतेर गर्न नपाइने स्थानीय प्रशासनको विप्तिमा उल्लेख गरिएको छ ।

अनुमति लिन नपर्ने सवारी साधनहरुबाहेक अरु सवारी साधनहरुले जिल्लाभित्र प्रवेश गर्न अनुमति विना प्रवेश गर्न शक्त मनाहि गरेको जनाइएको छ । 

लामो समयसम्मको निषेधाज्ञाले नागरिकको दैनिक जीवनमा कठिनायी भएको, सार्वजनिक सेवा प्रवाहमा कठिनाइ भएको तथा व्यापार व्यवसाय एवम् आर्थिक गतिविधिहरु सञ्चालनमा समस्या हुने जस्ता समस्याप्रति संवेदनशील भई यो अवस्थालाई खुकुलो पार्दै सामान्य र सहज बनाउनु पर्ने सुझाव प्राप्त भएकाले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु