बिहीबार १३ फाल्गुन, २०७७
फागुन १३, काठमाडौं ।
काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आइनन् । बुधबार फागुन १२मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’
म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो । अनुसन्धानबाट विद्या कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट उनलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताएका छन ।
‘अपहरण त होइन,’ एसपी बस्नेतले भने–‘आफै नाटक गरेको अनुसन्धानबाट खुलेको छ ।’ गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्किएकी हुन ।
चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छाडेकी थिईन । जागिर छाड्दा सहकारीमा उनको नाममा केही पैसा बेरुजु देखियो । पैसा तिर्न बाँकी थियो । तिर्नका लागि आफ्नो बुवासँग पैसा लिने नियतले अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट
खुलेको छ ।
बुधवार राति कालीमाटीमा प्रहरीले भेट्टाएपछि उनले मेसेज आफैले लेखेको, कसैले अपहरण नगरेको बतएकी हुन।
VLakgL
cost finasteride 82 95 CI Risk Ratio 0