बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते 

बुधबार २८ आश्विन, २०७७ विचारबाटिका 1286

 

असोज २८, कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । 

धनगढी उपमहानगरपालिका(८ का ७० वर्षीय हरिलाल विष्ट, ६५ वर्षीया उनकी श्रीमती बिर्मा विष्ट र १५ वर्षीया नातिनी महेश्वरी विष्ट घाइते हुने मध्ये रहेका छन् । बिर्मा बिष्टको अवस्था भने गम्भीर भएको प्रहरी बताउँछन् ।   

आगलागीबाट घरमा क्षति भएको छ । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरी टोलीले प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वमा घाइतेहरूको उद्धार गरेर अस्पताल पुर्याएको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु