मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

नेहपाकाे १८ औं वार्षिक साधारण सभामा उत्कृष्ट निर्यात कर्ता तथा पूर्व अध्यक्षहरू सम्मानित 

सोमबार २६ चैत्र, २०८० विचारवाटिका 1772


नेहपाकाे १८ औं वार्षिक साधारण सभामा उत्कृष्ट निर्यात कर्ता तथा पूर्व अध्यक्षहरू सम्मानित 

चैत २६ काठमाडौं ,नेपाल हब्स तथा हर्वल उत्पादक संघ ( नेहपा)काे १८ औं वार्षिक साधारणसभामा उत्कृष्ट निर्यात कर्ता लैकु लामा , उत्कृष्ट स्थानीय बिक्रीकर्ता साेभाकान्त बस्याल ,पूर्व अध्यक्षहरू गाेविन्द प्रसाद घिमिरे ,राकेश अडुकिया र पार्वत गुरूङ्ग सम्मानित हुनुभएको छ।


नेपाल सरकारकाे उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्य तथा नेहपाकाे अध्यक्ष प्रेमराज तिवारीकाे अध्यक्षतामा आयाेजित संघकाे १८ औं वार्षिक साधारण सभामा विशिष्ट अतिथिहरूमा पूर्व मन्त्री तथा नेहपाकाे पूर्व अध्यक्ष पार्वत गुरूङ्ग ,निवर्तमान अध्यक्ष तथा निर्यात व्यवसायी महासंघ नेपालकाे उपाध्यक्ष गाेविन्द प्रसाद घिमिरे ,बन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपक कुमार खनाल, नेउवा महासंघका उपाध्यक्ष हेमराज ढकाल ,निर्यात व्यवसायी महासंघ नेेपालका अध्यक्ष शंकर पाण्डे ,निर्यात व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष राम बहादुर गुरूङ्ग उपस्थिति हुनुभएकाे थियाे भने अतिथिहरूमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ ,सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारी ,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुङ्गाना ,वन विभागको महानिर्देशक शिव कुमार वाग्ले ,वनस्पति विभागको महानिर्देशक सन्जिव कुमार राई ,उद्योग विभागकाे महानिर्देशक यज्ञराज काेइराला ,व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रकाे कार्यकारी निर्देशक शरद बिक्रम राणा ,खाध्य तथा गुणनियन्त्रण विभागका महानिर्देशक मतिना जाेशी भट्ट ,गुणस्तर नापतौल विभागको महानिर्देशक ज्याेती जाेशी भट्ट ,प्लाण्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका प्रमुख सावित्री बराल, वरिष्ठ वाली संरक्षण अधिकृत महेशचन्द्र आचार्य ,डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंका कार्यालय प्रमुख पुण्यराज बर्ताैला लगायत नेहपाकाे सल्लाहकार सदस्यहरू,नेपाल उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्यहरू, निर्यात व्यवसायी महासंघका पदाधिकारीहरू ,वस्तुगत महासंघ/ संघका अध्यक्षहरू १८ औं वार्षिक साधारण सभामा अतिथि रहनु भएकाे थियाे ।

 


नेहपाका अध्यक्ष तिवारीले साधारणसभामा उपस्थित सम्पूर्ण प्रमुख अतिथि , विशिष्ट अतिथिहरू तथा अतिथिहरूलाई संघकाे तर्फबाट मायाकाे चिनाे समेत प्रधान गर्नुभएको थियाे।


 

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु