बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

भूमाफियाको धन्दामा ब्रेक

शुक्रबार ६ चैत्र, २०७७ विचारवाटिका 3007


भूमाफियाको धन्दामा ब्रेक

चैत ६, काठमाडौं । विभिन्न प्रपञ्च रची काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका–५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई भूमाफियाले आफ्नो नाममा बनाएनी मालपोत कार्यालय डिल्लीबजारले भूमाफियाको धन्दामा ब्रेक लगाईदिएको छ ।

यसअघि मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयको मिलेमतोमा गुठी र व्यक्तिको नाममा गरिएको काठमाडौंको भत्केको पुलमा रहेको करोडौं रुपैयाँको आठ रोपनी तीन आना जग्गा पुनः सरकारको नाममा ल्याउने निर्णय मालपोत कार्यालय डिल्ली बजारले गरेको हो । 

सर्वोच्च अदालतको आदेशबमोजिम मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुना श्रेष्ठले विभिन्न व्यक्तिले हडपेको भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याइएको जानकारी दिए । २ चैतमा मालपोत कार्यालयले सो जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

विभिन्न भूमाफियाले यसअघि मन्त्रिपरिषद् कार्यालय, मन्त्री, सचिव तथा सरकारी कर्मचारीसँग मिलेमतो गरी सो जग्गा गोकर्णेश्वर पञ्चामृत गुठीका नाममा ल्याएर आफ्नो नाममा मोही कायम गराउँदै जग्गा दर्ता गराउन सफल भएका थिए ।

२०६७ साल १४ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भत्केको पुल क्षेत्रमा रहेको कित्ता नम्बर ५०५ को सो जग्गालाई गोकर्णेश्वर पञ्चामृत गुठीका नाममा मोही कायम हुनेगरी दर्ता गरिदिन निर्णय गरेको थियो । सो निर्णयसँगै भूमाफियालाई जग्गा हडप्ने बाटो खुलेको थियो ।




मतहरू

Dawduandy

https://buypropeciaon.com/ - Propecia

buy cialis 20mg

Hydrochlorizide For Sale

Propecia

Acheter Cialis Moins Cher France

Avalayday

plaquenil buy

fagmerb

gabapentin does

propecia pharmacy

Ou Puis Je Acheter Du Kamagra


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु