बिहीबार २६ चैत्र, २०७७
जैविक विविधता महासन्धी र आदिवासी महिलाहरुको सहभागिता विषयमा दुईदिने चैत २२ र २३ गते घनुभुत छलफल भएको थियो । विषय वस्तुमा आधारित भएर नेपाल राष्ट्रिय जैविक विविधता महासन्धी प्रतिनिधि वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय लगायत विभिन्न संघ जस्तै ICMOD, WWF- Nepal, NAFAN, IUCN-Nepal, UNDP र विज्ञहरुले यस विषयमा प्रस्तुत गर्नु भएको थियो । उक्त महत्वपूर्ण कार्यक्रम नेपाल आदिवासी महिला मञ्चद्धारा अयोजना गरिएको थियो । उक्त मञ्चका अध्यक्ष यसोकान्ती भट्टचनज्यूले यस विषयको महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।
नेपाल सरकार प्राकृतिक स्रोत तथा सहकारी समितीका सभापतित्वमा उद्घाटन भएको नेपालको पहिलो राष्ट्रिय गोष्टिसफलता पूर्वक सम्पन्न भयो । जैविक विविधता, कृषि जैविक विविधता, सम्बन्धमा राज्यद्धारा तयार पारिएको विधयक तथा कार्यविधिहरु पनि प्रस्तुत गरिएको थियो । नागोया अमिसन्धीको पक्ष राष्ट्र भईसकेपछि अनुवांशिक स्रोतसँग सम्बन्धित आदिवासी तथा परम्परागत ज्ञानमाथिको पहुंच र लाभको बाँडफाँड सम्बन्धमातयार पारिएको मस्यौदा अझै विचाराधिन अवस्थामा रहेको, त्यसैगरी कार्यविधि पनि तयार भैसकेको तथ्य थाहा भयो । यस्तो प्रगति भए पनि महिलाहरुको सहभागिता त्यसमा पनि आदिवासी महिलाहरुको सम्बन्ध त सवाल नै नउठेको थाहा भयो ।
जैविक विविधता महासन्धीका मुख्य तीन उद्धेश्य संरक्षण क्षेत्रमा सफलता हासिल नेपालमा भएको बताइयो । विश्वमा नेपाल सानो तर भौगोलिक भिन्नता भएकोले जैविक विविधताको लागी अति महत्वपूर्ण भएको प्रस्तुताहरुद्धारा ज्ञान भयो । नेपालको कुल क्षेत्रफलको २३.४ प्रतिशत संरक्षित क्षेत्रले लिएको रहेछ । तर उक्त महासन्धीको तेस्रो मदत पूर्ण उद्धेश्य पहुंच र लाभको बाँडफाँड समन्यात्मक गर्नुपर्ने भन्ने अप्ठ्यारो रहेको बताए ।
हरित जलवायु कोष र आदिवासी निती तथा जैविक विविधतामा लगानी विषयमा पनि छलफल भयो । विभिन्न कारणले आदिवासीहरु आफ्नो भूमि, क्षेत्र र स्रोतहरु बाट विस्तापितहुने क्रम जारी रहेको बताए भने सुनकोशी दोस्रो जलविद्युत माझीहरु उठिबास हुँदैछ भन्ने थाहा भयो । सुनकोशी पानी माझीहरुको पहिचान भएको तर अब विस्तापित हुन लागेको भावपूर्ण सहभागीले बताए । भाषा, परम्परा, संस्कार तथा संस्कृतिसँग अनुनाश्रित भएका मर्चा रक्सी, ज्ञान र प्रविधि बहुराष्ट्रसँग संझौता गरि वौधिक अधिकार हनन् गर्न नसकिने बताए । क्रमशः–
तस्बिरः देव कुमारी श्रेष्ठ
https://buypropeciaon.com/ - ask propecia
Kamagra Dangerous
comprar cialis online opiniones
Bactrim Without A Percription
Kamagra Jelly Ireland
Cialis 20mg Filmtabletten Einnahme
lasix 40 mg lasix india how much lasix can you take
Lizanna
https://buytadalafshop.com/ - cialis from usa pharmacy