बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

वैशाख भित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु हुने  

आईतवार ५ बैशाख, २०७८ विचारवाटिका 1808


वैशाख भित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु हुने  

वैशाख ५, काठमाडौं । वैशाख भित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले संसदको अर्थ समितिको आइतबारको बैठकमा वैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराएका हुन् ।

उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’ जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थपिँदै लगिने उनले बताए । माथिल्लो तामाकोसीबाट आगामी भदौ महिना भित्रमा ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए ।

उनले भने, ‘हामी वैशाख महिना भित्रमा पहिलो युनिट र त्यसपछि क्रमशः जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं ।’

समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु गर्ने योजना रहेपनि वैशाख ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए ।
 
शाक्यले भने, ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक÷दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन सुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो ।’

आयोजनाको काममा धेरै समय लागेपछि आफू एक÷दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै शाक्यले अहिलेकै गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने बताए । आयोजनाका ६ वटै युनिटबाट साउन मसान्तसम्ममा विद्युत उत्पादन सुरु भइसक्ने उनको भनाइ थियो । 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु