शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

जेठ २२ बाट भन्सार एजेन्टको परीक्षा सुरु 

सोमबार ६ बैशाख, २०७८ विचारवाटिका 1180


जेठ २२ बाट भन्सार एजेन्टको परीक्षा सुरु 

वैशाख ६, काठमाडौं । आगामी जेठ २२ गते भन्सार एजेन्टको आवेदन दिएका विद्यार्थीहरुको लिखित परिक्षा गर्ने निर्धारण गरिएको छ । 

भन्सार विभागले दुई दशकपछि पहिलो पटक ६६० जना भन्सार एजेन्ट थप गर्न लागेको हो । विभागको लाइसेन्सबिना भन्सार एजेन्टले काम गर्न पाउने छैनन् । 

परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । निकासी र पैठारीकर्ताको काम सहजिकरण गर्न भन्सार एजेन्टले काम गर्छन् ।

भन्सार एजेन्टको लिखित परीक्षा र अन्तर्वार्ताबाट पास भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिन भित्र इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ जम्मा गरेपछि इजाजत पाउने भएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु