आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

आईतवार १९ बैशाख, २०७८ विचारवाटिका 1295


लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

वैशाख १९, काठमाडौं । ४२ सांसदको हस्ताक्षरसहित नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

यसमा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसी तथा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि हस्ताक्षर गरेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु