सोमबार २७ बैशाख, २०७८
वैशाख २७, काठमाडौं । उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सिफारिश गरेको छ ।
सोमबार काठमाडौंका मेयरहरुसँग भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश भएको हो । अब यसलाई सिसिएमसीमा पठाएर निणर्य हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यो विषयको लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।