बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

अब पेन्सन विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

सोमबार २४ जेष्ठ, २०७८ विचारवाटिका 1904


अब पेन्सन विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

जेठ २४, काठमाडौं । अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । अब भने पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको छ ।

आइतबारबाट यो प्रणाली शुरु गरिएको महालेखा नियन्त्रक कार्यालयले बताएको छ । यो प्रणालीबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारी प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रक मधुकुमार मरासिनीले बताए ।

यो प्रणालीबाट निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम तोकिएको समयमै सम्बन्धित व्यक्तिको खातामा सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापन प्रभावकारी हुने विश्वास कार्यालयको छ । निवृत्तभरण पाउने व्यक्तिले समेत अब छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछ ।  

विद्युतीय भुक्तानी शुरु भएपछि पारदर्शीतामा महत्वपूर्ण सफलता हासिल हुने मरासिनीको भनाइ छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु