सोमबार ७ असार, २०७८
असार ७, काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कतारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइदिने भएको छ । कतारले कोभिड विरुद्धको खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने बताएको छ ।
विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा कम्पनीहरुसँग छलफल भइरहेको कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले बताएका छन् । अल थानीले भने, ‘हाम्रो प्रमुख लक्ष्य भनेको खोप नलगाएका मानिसलाई खोप लगाउँदै आफ्ना नागरिक र बासिन्दाहरुको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नु हो ।’
उनले भने, ‘फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकहरुलाई कोरोना खोप लगाइसकेका हुनेछन् । यद्यपि केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकहरुलाई खोप दिन सकेका हुँदैनन्, त्यस्तोमा कतारले उनीहरुलाई कोरोना खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेशको अनुमति दिँदैन ।’
कतारले कोरोना महामारीमा पनि विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन । विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारको विश्वास छ ।
http://buytadalafshop.com/ - Cialis
http://buypriligyhop.com/ - Priligy
generic cialis from india
Cialis Generico De Confianza