बुधबार ९ असार, २०७८
असार ९, काठमाडौं । भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ ।
अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ३५८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण ३ लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ ।
भारतको केरलामा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमितको संख्या १२ हजारभन्दा बढी देखिएको छ भने महाराष्ट्रमा ८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
साथै तामिलनाडुमा पनि नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ लाख ४३ हजारमा झरेको छ ।