आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

त्रिविमा एमफिल र पीएचडीको शुल्क वैज्ञानिक नभएको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन  

आईतवार १३ असार, २०७८ विचारवाटिका 1512


त्रिविमा एमफिल र पीएचडीको शुल्क वैज्ञानिक नभएको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन  

असार १३, काठमाडौं । विद्यार्थीहरूले एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन् ।  

त्रिवि घडी भवनअगाडि आइतबार भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरे । 

प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत त्रिविले महंगो शुल्क लिएकोमा उनीहरूले विरोध गरेका हुन् । 

‘राज्यको लगानीमा उच्च शिक्षा सुरक्षित गर’, ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’, ‘विद्यार्थीहरूलाई एमफिल, पीएचडी निःशुल्क गर’, भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।

त्रिवि विद्यार्थी संघर्ष समितिले प्रदर्शनमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।




मतहरू

stromectol tablets buy

Meglio Levitra O Cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु