मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

फ्रान्स र इटालीले प्रदान गरे कोभिडविरुद्धको खोप

बुधबार १२ माघ, २०७८ विचारवाटिका 1438


फ्रान्स र इटालीले प्रदान गरे कोभिडविरुद्धको खोप

माघ १२, काठमाडौं । फ्रान्स र इटालीले कोभिडविरुद्धको प्रदान गरेका १३ लाख डोज खोप नेपाल आइपुगेको छ । 

कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत् प्रदान गरेका  १३ लाख डोज खोप आज नेपाल आइपुगिसकेको छ ।

फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन् ।

मन्त्री खतिवडाले आफनो मन्तव्य व्यक्त गर्दै आवश्यकता परेको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण हो भने ।

राजदूत डेप्रेजले ‘आज फ्रान्स र इटालीले दिएका यी खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक हो, यसले कोभिडविरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’, भने।

आज फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको सङ्ख्या ५४ लाख पुगेको छ ।
 




मतहरू


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु