सोमबार १४ असार, २०७८
असार १४, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न तीन घण्टा समय दिइएको छ ।
रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ ।
त्यसपछि थप ३ घण्टा रिट निवेदक पक्षले जवाफी बहस गर्न पाउने छ । जवाफी बहस गरे पछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आ-आफ्नो राय दिनेछन् । अन्तमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने छ ।
सरकारको सिफारिसमा गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।
http://buypropeciaon.com/ - Propecia
Buy Celebrex Without Rx
Onlinephatmacy
Orlistat Forum
Colchones De Propecia
Hykaoi Gel Viagra Prednisone
kamagra suhagra generic viagra ivermectin amazon Can You Buy Prednisone In Mexico
WefInfofs
buying cheap propecia