आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

 उपप्रमुख काफ्लेले रोजिन् एकीकृत समाजवादी

सोमबार २१ भाद्र, २०७८ विचारवाटिका 1740


 उपप्रमुख काफ्लेले रोजिन् एकीकृत समाजवादी

 भदौ २१, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा (एमाले)बाट निर्वाचित भएकी काफ्लेले पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी हुन् ।

काफ्लेले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी छिन् । यस्तै बुटवल उपमहानगरपालिका–३ का वडा सदस्य चिनबहादुर गुरुङ,बुटवल–२ का वडा सदस्य सुनिल शाक्य, बुटवल १८ का वडा सदस्य गोपाल खनालले पनि एकीकृत समाजवादी पार्टी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।


एकीकृत समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राजु गुरुङले तिलोत्तमा–११ का वडा सदस्य यज्ञश्वर क्षेत्री र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि पनि सनाखतका लागि निर्वाचन कार्यालयमा आउने क्रममा रहेका जानकारी दिए ।
 




मतहरू

nourece

cuanto cuesta la viagra en la farmacia lasix without prescription lasix blood pressure


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु