मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

मुक्कुम्लुङ केबलकार खारेजी आन्दोलनमा नेपाल संघीय समाजवादी पार्टीको समर्थन।

शुक्रबार २३ फाल्गुन, २०८१ Bichar Batika 1216


मुक्कुम्लुङ केबलकार खारेजी आन्दोलनमा नेपाल संघीय समाजवादी पार्टीको समर्थन।

फागुन २३ काठमाडौं ,मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले सम्बोधन गरेका हुन् । 

उनले यो आन्दोलन लिम्बुहरूको आन्दोलन मात्रै नभएको भन्दै यो सम्पूर्ण नेपालको उत्पीडित जनता, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको आन्दोलन रहेको बताए । 

उनले भने, ‘सरकारले उत्पीडित जनतालाई आफ्नो अधिकार र पहिचान माग्दाखेरि र संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दाखेरि जसरी राज्यले दमन गरिरहेको छ र राज्यको त्यो हिम्मत र साहस र यति हेप्ने प्रवृत्ति किन भइरहेको छ भने उत्पीडित जनताहरूको बीचमा आपसमा मेल छैन ।

‘राज्यद्वारा जब जनताले जायज मागहरू राख्दाखेरि दमन हुन्छ र राज्यले आफ्नो सीमा नाघेर बन्दुकको बलमा शासन गर्न खोज्छ, त्यतिबेला नेपालका सबै उत्पीडित जनताले मिलेर प्रतिकार गर्ने संगठित प्रतिकार गर्ने वातावरण नभएको हुनाले राज्य निरंकुश हुँदै गएको छ’, उनले भने, ‘राज्यसँग दम छ भने ताकत छ भने नेपालको संविधानको विपरीत गएर हिन्दू राष्ट्र माग्ने र राजा आउ देश बचाउ भन्ने नारा लगाउने प्रतिगामीहरूको विरुद्ध कारबाही गरेर जेलमा हाल्ने हिम्मत देखाओस् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु