आईतवार २८ भाद्र, २०८३ (Sunday September 13, 2026)

अक्टोबरदेखि भारतले कोरोना खोप निर्यात गर्ने

मंगलवार ५ आश्विन, २०७८ विचारवाटिका 1946


अक्टोबरदेखि भारतले कोरोना खोप निर्यात गर्ने

असोज ५, छिमेकी देश भारतले अर्को महिना (अक्टोबर)देखि अन्य देशलाई पनि कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन् ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गरिरहेको छ । कोभिसिल्ड नाम दिएको उक्त खोप सुरूमा भारतले अन्य देशलाई पनि दिएको थियो ।

नेपाललाई भारतले सुरूमा १० लाख डोज खोप अनुदानमा दिएको थियो । पछि नेपालले सेरमसँग २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । उक्त २० लाख डोजमध्ये नेपालले १० लाख डोज खोप पाएमात्र पाएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभिसिल्डको पहिलो डोज लगाएका नेपालीले लामो समयसम्म दोस्रो डोज लगाउन पाएका थिएनन्। केही समयअघि जापान सरकारले अष्ट्राजेनेका खोप अनुदान दिएपछि उनीहरूले दोस्रो डोज लगाएका छन्।  

अक्टोबरमा मात्रै भारतमा ३० करोड डोज खोप उत्पादन र आगामी तीन महिनामा  १०० करोड डोजभन्दा बढी खोप बन्ने उनले जानकारी दिए।

भारतमा अहिलेसम्म झन्डै ९० करोड डोज खोप लगाइसकेको र खोप लगाउने क्रम तीव्र रूपले अघि बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु