मंगलवार १२ आश्विन, २०७८
असोज १२, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । आज नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको छ । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए ।
एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् । सम्पादकहरूसँगको छलफल अपरान्ह ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।